‘मेरी बास्सै’की अप्सरा आमाको भूमिकाबाट चर्चित कलाकार लक्ष्मी श्रेष्ठको निधन

फिल्मी फण्डा। हास्य टेलिसिरियल ‘मेरी बास्सै’ मा ‘अप्सरा आमा’को भूमिकाबाट चर्चामा आएकी कलाकार लक्ष्मी श्रेष्ठको निधन भएको छ। केही महिनादेखि बिरामी रहँदै आएकी श्रेष्ठको शुक्रबार राति निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

सिरियलमा उनले सीताराम कट्टेल (धुर्मुस) द्वारा अभिनीत पात्र ‘खड्काजी’की श्रीमतीको रुपमा छुच्ची स्वभावकी ‘अप्सरा आमा’को भूमिका निभाएकी थिइन्।

श्रेष्ठ स्तन क्यान्सरलगायतका रोगबाट पीडित थिइन्। पछिल्ला केही सातादेखि उनी ओछ्यानमै थलिएकी थिइन्।

लामो समयदेखि अभिनयमा सक्रिय रहेकी श्रेष्ठले ‘मेरी बास्सै’ बाहेक ‘जिरे खुर्सानी’, ‘कान्छी’, ‘उल्टो सुल्टो’ जस्ता टेलिसिरियल तथा ‘लक्का जवान’ जस्ता चलचित्र र थुप्रै म्युजिक भिडियोमा समेत अभिनय गरेकी थिइन्।


© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech