गीतको भिडियोमा फिल्मका मुख्य कलाकार रोशन श्रेष्ठ, विजय बराल, विल्सनविक्रम राई, आयुशा समाल, बुद्धि तामाङ, मित्र प्रधानलगायतको अभिनय छ । कविराज गहतराजको नृत्य निर्देशन रहेको गीतमा २०० जति राष्ट्रिय झन्डाको प्रयोग गरिएको छ।
फिल्मको केही दिन अघि अमेरिकाको ओहायो र पेन्सिलभेनिया राज्यमा विशेष प्रदर्शन गरिएको थियो । पद्मा ईश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा मित्र प्रधान प्रस्तुतकर्ता रहेको फिल्मलाई ज्ञानबहादुर प्रधानले निर्माण गरेका हुन् । शिवम् अधिकारीको पटकथा रहेको फिल्म मित्र प्रधान (नर)ले निर्देशन गरेका हुन् ।

फिल्मी फण्डा