अनमोल केसी र निर्माण टिमविरुद्ध दुष्कृतिको मुद्दा दर्ता

फिल्मी फण्डा। अभिनेता अनमोल केसी र चलचित्र ‘फर्की फर्की’ निर्माण पक्षविरुद्ध काठमाडौँ जिल्ला अदालतमा दुष्कृतिको मुद्दा दर्ता भएको छ।

झापाका नरेन्द्रबहादुर श्रेष्ठले चलचित्रको एक दृश्यमा प्रयोग गरिएको मोबाइल नम्बर आफ्नो भएको दाबी गर्दै सोमबार योग्यता भण्डारीको वारेसमार्फत मुद्दा दर्ता गराएका हुन्। उनका अनुसार चलचित्रमा अभिनेता केसीले नायिकालाई दिएको मोबाइल नम्बर आफ्नो हो। उक्त नम्बर चलचित्रमा प्रयोग भएपछि दिनहुँ सयौँ अपरिचित व्यक्तिबाट फोन आएको र त्यसबाट आफू मानसिक तनावमा परेको निवेदनमा उल्लेख गरिएको छ।

श्रेष्ठले आफूले भोगेको मानसिक पीडाबापत उचित क्षतिपूर्ति माग गर्दै चलचित्रका अभिनेता अनमोल केसीसहित निर्माण पक्षलाई कानुनी कारबाही गर्न माग गरेका छन्।

 


© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech