पनौतीमा ३८० विद्यार्थीसँगै सम्पन्न भयो चलचित्र साक्षरता कार्यक्रम

फिल्मी फण्डा। काभ्रेको पनौतीस्थित काभ्रे इङ्लिस माध्यमिक विद्यालयमा चलचित्र साक्षरतासम्बन्धी एक विशेष कार्यक्रम सम्पन्न भएको छ, जहाँ ३८० जना विद्यार्थीहरूको उत्साहजनक उपस्थिति रह्यो।

चलचित्रप्रतिको चासो, चेतना र बुझाइ बढाउने उद्देश्यसहित चोया डिजिटल सोलुसनको आयोजनामा तथा सेलिब्रेटी नेपालको व्यवस्थापनमा कार्यक्रम गरिएको हो। यसमा चलचित्र विकास बोर्ड र सञ्चार रजिष्ट्रारको कार्यालय, हेटौंडाको सहकार्य रहेको थियो।

कार्यक्रमका क्रममा विद्यार्थीहरूलाई चलचित्रको इतिहासदेखि निर्माण प्रक्रिया, यसको सामाजिक प्रभाव र सिने साक्षरताको वर्तमान महत्वबारे जानकारी दिइयो। दृश्य–श्रव्य सामग्रीको प्रयोगले सिकाइलाई अझ रोचक र प्रभावकारी बनाएको थियो।

कार्यक्रममा सहभागी विद्यार्थीहरू उत्साहित देखिन्थे। आयोजकका अनुसार यस्ता गतिविधिबाट विद्यार्थीहरूमा सिर्जनशीलता, विश्लेषण गर्ने क्षमता र चलचित्रप्रतिको गहिरो समझ पैदा हुने विश्वास लिइएको छ।


© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech