‘एक्लो’ का नयाँ क्यारेक्टर पोस्टर सार्वजनिक, सुनील थापा र एवन उप्रेती फरक अवतारमा

फिल्मी फण्डा। नेपाली फिचर फिल्म ‘एक्लो’ को अभिनेता सुनील थापा र एवन राज उप्रेतीको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा सुनील थापा र एवन राज उप्रेतीको लुक्स भिन्दै देखिएको छ। 

यस अघि प्रदीप खड्का, विजय लामा, दिया पुन, वेनिशा हमाल, कविता नेपाली, सुरज सिंह ठकुरी, जेमी बेकनको क्यारेक्टर पोस्टर सार्वजनिक भइ सकेका छन्।साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेको फिल्मको पोस्टरमा दिया पुनको नाम एस्ट्रोनट पुन छ ।  

फिल्मका निर्देशक प्रदीप शाही हुन्। शाहीको यो तेश्रो निर्देशकीय फिल्म हो। लामो समय देखि बेलायत बस्दै आएका शाहीले ‘एक्लो’ लाई हलिउडस्तरको फिल्म बनाउने तयारीका साथ जुटेका छन्। हाल फिल्मको लण्डनमा पोस्ट प्रोडक्सनको कार्य भईरहेको छ। 

केहि हप्ता अघि मात्र चलचित्र 'एक्लो' ले कान्समा स्टल राखेर चलचित्रको मार्केटिंग गरेको थियो। कान्स पछि ‘एक्लो’ को चर्चा बढेको छ। चलचित्रको प्रदर्शन मिति भने फाइनल गरिएको छैन।फिल्ममा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, वेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरज सिंह ठकुरी, एवन राज उप्रेती,त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकरी, दिग्गज खत्री , विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ र बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंह लगायत बेलायती अभिनेता जेमी बेकनको अभिनय रहेको छ ।

फिल्म ‘एक्लो’ का निर्माता राजुकुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन हुन् भने कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ रहेका छन् ।

बाबु श्रेष्ठको छायाङ्कन रहेको यस चलचित्रमा राजु तामाङको द्वन्द्व निर्देशन, सेट डिजाइनरमा राजु पेन्टर, कला निर्देशनमा सन्तोष लामा तथा प्रोडक्सन डिजाइनरमा द्रोण प्रसाद पौडेल ‘ठेउके’ रहेका छन् । निर्देशक प्रदीप शाहीका अनुसार क्यारेक्टर पोस्टरहरु सार्वजनिक गर्ने क्रम सकिएको छ, अब चलचित्रको प्रदर्शन मिति संगै टिजर सार्वजनिक गरिनेछ।

 


© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech