कुमार आचार्य UNA Production को डिजिटल रणनीतिको सल्लाहकार नियुक्त

फिल्मी फण्डा। सञ्चार र डिजिटल मिडियामा स्थापित नाम कुमार आचार्य अब अन्तर्राष्ट्रिय कम्पनी UNA Production को सोसल मिडिया एडभाइजर को भूमिकामा रहने भएका छन्।

कम्पनीले सार्वजनिक गरेको स्वागत सन्देशमा भनिएको छ, "हामी एक प्रेरणादायी प्रतिभालाई हाम्रो टोलीमा स्वागत गर्न पाउँदा निकै उत्साहित छौं। आचार्यको अनुभव र जोशले हाम्रो डिजिटल उपस्थिति झनै प्रभावशाली बन्ने विश्वास गरेका छौं।"

नयाँ जिम्मेवारीसँगै आचार्यले संस्थाको सामाजिक सञ्जाल नीति व्यवस्थापन, डिजिटल ब्राण्डिङको योजना निर्माण, र अन्तर्राष्ट्रिय स्तरमा सामग्रीको पहुँच विस्तार गर्ने कार्यमा नेतृत्वदायी भूमिका खेल्नेछन्।

सञ्चार तथा मिडिया क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका उनले अघिल्लो समय थुप्रै सिर्जनात्मक परियोजनामा आफ्नो योगदान दिँदै आएका छन्।1749023375334.jpg

UNA Production जापानमा आधारित भए पनि नेपाली फिल्म, वेब सिरिज, म्युजिक भिडियोलगायत मनोरञ्जन सामग्रीको अन्तर्राष्ट्रिय निर्माण र वितरण गर्दै आएको संस्था हो। नेपालमा पनि यसको सक्रिय उपस्थिति छ, र नेपाली सिर्जनालाई विश्वसामु चिनाउने लक्ष्य बोकेको छ।

कुमार आचार्यको नियुक्तिपछि सामाजिक सञ्जालमा फिल्मकर्मी र मिडियाकर्मीहरूले उनलाई बधाई दिंदै आगामी यात्राका लागि शुभकामना व्यक्त गरिरहेका छन्।


© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech