`जदौ´ मा साम्राज्ञी अनुबन्धीत

फिल्मी फण्डा। नयाँ बर्ष ०८२ को अवसरमा टाइटल डिजाइनसहित बैशाख १ गते घोषणा गरिएको सामाजीक प्रेमकथानक फिल्म `जदौ´ को प्रमुख अभिनेत्रीमा साम्राज्ञी राज्य लक्ष्मी शाह अनुबन्धीत भएकी छिन । 
 
सिल्भर स्क्रीन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्ट प्रालिले संयुक्त रुपमा निर्माण गर्ने फिल्मको परिकल्पना र लेखन काजी लिम्बूको रहेको छ । फिल्मको निर्देशकको बारेमा भने निर्माण टिमले खुलाएको छैन ।
 
भदौबाट सुटिङ सुरु गरिने `जदौ´ श्याम तामाङ्गले खिच्ने छ्न । बुद्धि माझी निर्माण ब्यबस्थापन रहेको फिल्मका गीतमा बाबुल गिरीको सङ्गित छ ।
 
फिल्मको सहनिर्मातामा ओम चेम्जोङ्ग, राजाराम सुवेदी र शान्ता तामाङ्ग छ्न । अन्य कलकार तथा प्राविधिक बारे चाडै नै पूर्ण जानकारी दिइने समिश्रण मुभिजका निर्देशक अन्जन शर्माले बताएका छन । फिल्म ०८२ सालभित्रै दर्शक माझ ल्याउने योजना निर्माण टिमको छ । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech