दिपाश्री निरौलाले गरिन् व्युटी सलोनको उद्घाटन

फिल्मी फण्डा। अभिनेत्री दिपाश्री निरौलाले नयाँ व्युटी सलोनको उद्घाटन गरेकी छन्। काठमान्डौको चाबहिलमा ' De lavandis ' युनिसेक्स पार्लरको ओपनिङ्ग दीपाले गरेकी हुन्।  चावहिल स्थित स्तुपाको अपोजिट रहेको सलोनको मेन ब्रान्च भरतपुर चितवनमा रहेको छ।

हेयर एक्सटेन्सनका लागी चर्चित रहेको यो पार्लर काठमान्डौमा पनि  हेयर एक्सटेन्सन बुकिङ्ग धेरै आएको कारण यहाका ग्राहकका लागी सहज सुविधा मिलोस भनेर खोलिएको संचालिका इन्द्रा श्रेष्ठले जानकारी दिईन्।

हेयर एक्सटेन्सनले कपाल नहुने अथवा छोटो हुने धेरैलाई सहज बनाएको देखेपछि झन् बढी यो काममा उत्जा मिलेको संचालिका श्रेष्ठले बताइन्।  त्यस्तै क्यान्सर पिडितहरुका लागी ५० प्रतिशत छुटमा सेवा प्रदान गरिरहेको समेत उनले बताइन्।

क्यान्सर पिडितलाई कसैले डोनेट गरेको हेयरलाई यो सुविधा सहित एक्सटेन्सन गरिरहेको उनले बताएकी छिन्। काठमान्डौमा भर्खरै खुलेको शाखामा हेयर एक्सटेन्सनको साथमा हेयर कलर, ल्यासेस, नेलको सर्विससंगै मेकअपको सेवा पनि लिन सकिनेछ। सौन्दर्य क्षेत्रमा चितवनमा सफलता हासिल गरिसकेकी श्रेष्ठलाई दीपाले सफलताको शुभकामना दिईन्।


© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech