चन्द्र पन्तले ‘आ बाट आमा’ निर्माण गर्ने,भदौबाट छायांकन

फिल्मी फण्डा। निर्देशक चन्द्र पन्तले नयाँ फिल्म ‘आ बाट आमा’को निर्माण घोषणा गरेका छन्। उनले सोमबार एक थिम पोस्टर सार्वजनिक गर्दै निर्माणको घोषणा गरेका हुन्। साथै उनले प्रदर्शन मिति फागुन १५ गतेलाई समेत तोकेका छन्।

सार्वजनिक गरिएको थिम पोस्टरमा बच्चाले आमाप्रतिको माया दर्शाएको छ। रोइरहेकी आमालाई बच्चाले आँसु रोक्ने प्रयत्न गर्दैछ। यसबाट थाहा हुन्छ कि यो फिल्मको कथा आमाप्रति सन्तानको माया कति छ भन्ने कुरालाई दर्शाउने छ। 

आर्या इन्टरटेन्टमेन्टको प्रस्तुतीमा निर्माण हुने यस फिल्मको छायांकन आगामी भदौबाट हुनेछ। यो फिल्मको कलाकार को को हुनेछन् भन्नेमा निर्माण पक्षले जानकारी दिएको छैन। फिल्मलाई अभिमन्यु निरवीले लेखेका हुन्। निर्देशक पन्तका अनुसार अहिले फिल्मको थिम पोस्टर मात्रै सार्वजनिक गरिएको हो।

केहि दिनमा कलाकारका साथै यस फिल्मको प्राविधिक पक्षको नाम सार्वजनिक गरिने छ। 
निर्देशक चन्द्रले यसअघि एक्सन जनराको फिल्म ‘ह्रस्व दीर्घ’ निर्देशन गरिसकेका छन्।

उनको यो फिल्म डेब्यु निर्देशन थियो। यस बाहेक उनले भोजपुरी फिल्म पिहत पाँच दर्जनभन्दा बढि नेपाली फिल्ममा द्धन्द्ध निर्देशन गरिसकेका छन्। उनको निर्देशनमा बन्न थालेको ‘आ बाट आमा’दोस्रो निर्देशकिय नेपाली फिल्म बन्न लागेको हो।

 निर्देशक पन्तले फिल्म ‘ह्रस्व दीर्घ’लाई एउटा उचाईमा पुर्याएका थिए। यस फिल्मले राम्रो कमाइ गर्नसफल भएको थियो। नेपालमा राम्रो व्यापार गरेको यो फिल्मलाई भारतको लोकप्रिय ओटीटी प्लेटफर्म ‘जी फाइब’ले समेत किनेको थियो। पहिलो पटक नेपाली फिल्मलाई जि फाइबले किने हो।

विदेशमा समेत आफ्नो फिल्मले सफलता पाइसकेपछि बल्ल उनले नयाँ फिल्मको थालनी गरेका हुन्।


© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech