शान्तीश्री  र गौरवको लजाउने हैछौनीमा मिस पवी

फिल्मी फण्डा। गायिका शान्तीश्री परियार र गायक गौरव गिरीको स्वर रहेको    लजाउने हैछौनी  बोलको गीतको भिडियो रिलिज गरिएको छ । गीत देउडा संकृतिमा आधारित रहेको छ ।

गायक गिरीकै शब्द, रोहित देउवाको संगीत सृजना, विसम आचार्यको एरेन्ज तथा  श्याम श्वेत रसाईलीको मिक्सिगं मास्टरिगं  रहेको सार्वजनिक गीतमा सुदुरपश्चिमकी चर्चित मोडल मिस पविको  अभिनय देख्न सकिन्छ ।

भिडियोमा मिस पविका अलावा दीपा शाही र राजेश नाथले पनि अभिनय गरेका छन् । नुवाकोटका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको  लजाउने हैछौ नी एक प्रेमील रोमान्टिक गीत हो । जसमा प्रेम, रोमान्स र वियोगको कथालाई कलात्मक शैलीमा निर्देशक गिरीले भिडियोमा उतारेका छन् । 

भिडियोको आर्कषक पक्ष भने मेरी बास्सैका कलाकार समेत रहेका राजेश नाथ अर्थात बैतडी बाजेको पनि  यही भिडियोबाट १० वर्षपछि कमव्याक भएको छ । भिडियोमा मिस पविका अलावा दीपा शाही र राजेश गज्जबले खुलेका छन् ।
 
सन्जु चौधरीको कोरियोग्राफी रहेको भिडियोको छायांकन उत्तम हुमागाईले गरेका हुन् भने सम्पादन फाइनल पिक्सल नेपाल तथा कलर श्याम कुँवरले गरेका हुन् । गीतको भिडियो रिदम भिआईडीबाट बजारमा आएको हो । गीतले  देउडा संकृति बचाउन र समाजका रोचक पक्ष बाहिर ल्याउनमा मद्धत पुर्याउने विश्वास निर्देशक गिरीले लिएका छन् ।  

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech