पिके र थ्रि इडियट पछि हिरानी र आमिर बिच तेस्रो सहकार्य हुने

फिल्मी फण्डा। तेलुगु सुपरस्टार जुनियर एनटीआर भारतीय सिनेमाका पिता दादासाहेब फाल्केको ‘मेड इन इण्डिया’ नामक चलचित्रमा आबद्द भएको भोलीपल्ट अर्को खबर आएको छ ।सो खबर बाहिरिएको एक दिनपछि अब बलिउडका सुपरस्टार आमिर खान र निर्देशक राजकुमार हिरानी दादासाहेब फाल्केको बायोपिकमा पुनः एकपटक सँगै हुने भएका छन ।

यसअघि थ्रि इडियट्स र पिकेमा सँगै काम गरेका आमिर खान र हिरानी तेस्रो सहकार्यका तयार भएका छन । यो ‘सितारे जमीं पर’ पछिको यो आमिर खानको अर्को प्रोजेक्ट हुनेछ, जुन फिल्म २० जुनमा रिलिज हुदैँछ ।

दादा साहेब फाल्केको जीवनीमा आधारित फिल्मको सुटिङ अक्टोबर २०२५ मा सुरु हुने बताइएको छ । आमिरले ‘सितारे जंमी पर’ रिलिज भएपछि यसको तयारी सुरु गर्नेछन्। भारतको स्वतन्त्रता संग्रामको पृष्ठभूमिमा आधारित यो फिल्मले भारतीय सिनेमाको जग बसाल्ने व्यक्तिको असाधारण यात्रालाई चित्रण गर्ने जनाइएको  छ।

खासमा यो फिल्मका लागि बिगत ४ वर्षदेखि स्क्रिप्टको काम भइरहेको थियो र अहिले यसको स्क्रिप्टको काम सकिएको छ । र त यो अब छिट्टै प्रि प्रोडेक्सन र सुटिङमा जाने तयारी अवस्थामा रहेको छ। यो परियोजनामा ​​लस एन्जलसको एक भिएफएक्स स्टुडियो पनि सहभागी हुनेछ ।


© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech