फिल्मी फण्डा। नेपाली फिल्म क्षेत्रको बहुप्रतीक्षित पूर्वाधार निर्माणतर्फ एक कदम अघि बढ्दै काभ्रेको बनेपामा ‘सिनेपा’ नामक छायांकन स्टुडियो निर्माण सुरु गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार स्टुडियोको शिलान्यास गरेका हुन्।
बनेपा नगरपालिका–१० मा फैलिएको ४२ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको सो स्टुडियो अत्याधुनिक प्रविधि र सुविधाले भरिपूर्ण हुने जनाइएको छ।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा चलचित्र विकास बोर्डले आयोजना गरेको कार्यक्रममा स्टुडियो निर्माणको औपचारिक सुरुआत गरिएको हो। कार्यक्रममा प्रधानमन्त्री ओलीले गुणस्तरीय स्टुडियोको अभावमा दशकौँदेखि चलचित्रकर्मीले भोग्दै आएको कठिनाइ अब अन्त्य हुने विश्वास व्यक्त गरे।
छायांकन, सेट निर्माण, रेकर्डिङदेखि पोस्ट-प्रोडक्सनसम्मका सम्पूर्ण कार्य एकै स्थानमा सहज हुने अपेक्षासहित ‘सिनेपा’ स्टुडियोको निर्माण थालिएको हो।