फिल्मी फण्डा। चलचित्र पत्रकार संघ नेपालले आफ्नो २६औँ वार्षिक उत्सव तथा राष्ट्रिय चलचित्र पत्रकारिता दिवस र दोस्रो राष्ट्रिय भेला–२०८२ इलामको श्रीअन्तुमा आयोजना गर्ने भएको छ। संघको आज बसेको केन्द्रीय समितिको बैठकले जेठ ६ गतेदेखि ९ गतेसम्म कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो।
कार्यक्रमको दौरानमा वृहत राष्ट्रिय चलचित्र पत्रकारिता कार्यशालासमेत आयोजना गरिने संघले जानकारी दिएको छ।यस भव्य कार्यक्रममा देशभरिका चलचित्र पत्रकारहरूको उल्लेखनीय सहभागिता रहने बताइएको छ।