पलको शाहको निर्माणमा ‘यानीमाया’को घोषणा, विकास सुवेदीले निर्देशन गर्ने

फिल्मी फण्डा। पलको शाहको निर्माणमा ‘यानीमाया’को घोषणा, विकास सुवेदीले निर्देशन गर्ने नेपाली फिल्म क्षेत्रमा एक दशकदेखि चर्चामा रहेका नायक पल शाह अब निर्माता बन्ने भएका छन् । नयाँ वर्षको अवसर पारेर पलले निर्माण गर्न लागेको पहिलो फिल्मको घोषणा गरिएको छ ।

पल शाह फिल्मस्को व्यानरमा निर्माण हुन लागेको फिल्मको नाम ‘यानीमाया’ राखिएको छ । यो फिल्मलाई विकास सुवेदीले निर्देशन गर्दैछन् । विकासले फिल्म ‘प्रकाश, पुजार सार्की र महाभोज’को कथा लेखेका थिए । यही फिल्मबाट उनले निर्देशनमा डेब्यू गर्न लागेका हुन्।

फ्यामिली ड्रामा कथामा आधारित रहेर यो फिल्म बन्नेछ । फिल्मको स्क्रिप्ट पनि निर्देशक विकास सुवेदीले नै लेखेका हुन् ।
विकासले लेखेका तीन फिल्म पनि सामाजिक कथावस्तुमै तयार भएका थिए । उनले, आफ्नै स्टाइलको फिल्म बनाउन लागेको जानकारी दिए।

नायक पल शाहले पनि पल शाह फिल्मस्लाई दर्शकहरुले निकै माया दिएको भन्दै अब आफू फिल्म निर्माणमा अगाडि बढेको बताए । उनले, फिल्म निर्माणमा पनि दर्शकहरुबाट अपार माया र साथ पाउने विश्वास व्यक्त गरेका छन् । फिल्मको छायांकन असारबाट सुरु गरिने जानकारी निर्माणपक्षले दिएको छ । फिल्ममा कलाकारहरु फाइनल गर्न बाँकी रहेको निर्देशक सुवेदीले बताए । 


© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech