आइफोनले खिचिएको चलचित्रका निर्देशक् बुसान् फिल्म् स्कूल छात्रबृतिमा छानिए

फिल्मी फण्डा।आइफोनले खिचिएको चलचित्रका निर्देशक् बुसान् फिल्म् स्कूल छात्रबृतिमा छानिएको छ। 

बुसान एसियन् चलचित्र विध्यालय मा छात्रवृत्तिमा छानिए नेपाली युवा निर्देशक बुसान फिल्म स्कूलमा छात्रवृत्तिमा छानिए युवा निर्देशक : दोश्रो चलचित्र लेखिने काम सुरु विश्व कै प्रख्यात गनिने चलचित्र विध्यालय, बुसान एसियन फिल्म स्कूल मा नेपाल बाट युवा निर्देशक जेसन लोप्चन छानिएका छन्। 

बुसान फिल्म स्कूल ले एसिया मुलुक बाट मात्र १८ जना युवा चलचित्र कर्मि हरु लाई छात्रवृत्तिमा छान्ने काम गर्छन । यी छानिएका १८ जना बुसान कोरिया मा बसेर अन्तरास्ट्रीय निर्माता हरु सङ्ग मिलेर आफ्नो चलचित्र को तयारी गर्छन्। । हालै नेपाल् मा पहिलो पटक् आइफोन द्वारा चलचित्र बनाएका लेखक तथा निर्देशक् जेसन लोप्चन अहिले बुसान कोरिया मा छन्। ।

उनि कोरिया को बुसान एसियन फिल्म स्कूल मा ८ महिना बसेर, अन्तरास्ट्रीय निर्माता हरु सङ्ग मिलेर आफ्नो दोश्रो चलचित्र को तयारि गर्ने छन्। । चलचित्र को पटकथा र सबै निर्माण कार्य बुसान मै गरिने छ भने, चलचित्र को छयाङ्कन् आउने साल, २०२६, नेपाल मै गरिने भनेर बताउछन् निर्देशक जेसन लोप्चन ।

उन्को पहिलो चलचित्र, A PLACE UNDER THE SUN, अहिले एम् एस् एम् भिडियो मा उपलब्ध छ भने  उन्ले यस् अगाडि मेयर बालेन शाह को “मार्फा को मदिरा” गीत को भिडियो पनि निर्देशन् गरेका थिए ।


© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech