‘तुझ्मे खोया तुझ्मे पाया’ गीतको भिडियो रिलिज, सुशान्त ढकाल र सृष्टि खड्का फिचर्ड"

फिल्मी फण्डा। नेपाली सांगीतिक क्षेत्रमा नयाँ नयाँ सृजनाहरु आउने क्रममा नेपालमा छायाँकन गरिएको हिन्दि गीतको भिडियो सार्वजनिक गरिएको छ। बिहिबार बिस्व्ज्योती सिनेमा हलमा एक कार्यक्रमका बीच भिडियो सार्वजनिक गरियो। भिडियोमा प्रतिभाशाली मोडल सुशान्त ढकाल र सृष्टि खड्का फिचर्ड छन्। भिडियो रिलिज कार्यक्रममा आकर्षक रुपमा प्रस्तुत भएका ढकालले भिडियोमा पनि राम्रो काम गरेका छन्। नितिन चन्दले निर्देशन गरेको भिडियो योर स्टाइल प्रोडक्सनले तयार पारेको हो।

'तुझ्मे खोया तुझ्मे पाया' बोलको गीतको भिडियो एफएमडि म्युजिक मुम्बईबाट सार्वजनिक हुनेछ। अहिले गीतको टिजर मात्र यु ट्युवमा राखिएको छ। मोहमद साहिदको शब्द तथा संगीत रहेको गीतमा सोनु मिश्रको स्वर रहेको छ। भिडियो रिलिज कार्यक्रममा बोल्दै निर्देशक चन्दले आफुले निर्देशन गरेको अन्य हिन्दि गीतहरु पनि सार्वजनीक हुने तयारीमा रहेको बताए। आधा दर्जन भन्दा बढी म्युजिक भिडियो र केहि बिज्ञापनहरुमा काम गरेका सुशान्त ढकालले आफु निरन्तर यहि क्षेत्रमा काम गरि रहने र भबिष्यमा ठुलो पर्दामा देखिने योजना रहेको बताए। कार्यक्रममा मोडल मिस पवि,योर स्टाइल प्रोडक्सनका चिरन्जीवी शर्मा,मोडल नमित चन्द लगायतको उपस्थिति रहेको थियो।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech