फिल्मी फण्डा । नेपाली गीत–संगीतका स्रष्टा, सर्जक र प्रतिभालाई सम्मान गर्ने उद्देश्यले आयोजना हुँदै आएको ‘१३औँ म्यूजिकखबर म्यूजिक अवार्ड–२०८२’ भव्य रूपमा सम्पन्न भएको छ। ‘अग्रजलाई सम्मान, अनुजलाई प्रोत्साहन’ भन्ने मूल नारासहित काठमाडौंको बालुवाटारमा आयोजित समारोहमा ३३ विधामा उत्कृष्ट स्रष्टा तथा कलाकारलाई सम्मान र अवार्ड प्रदान गरिएको हो।
नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा चलचित्र, संगीत र साहित्य क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
समारोहमा नेपाली संगीत क्षेत्रमा दशकौँदेखि पुर्याएको अतुलनीय योगदानको कदर गर्दै संगीतकार शम्भुजीत बासकोटालाई नगद ५१ हजार रुपैयाँसहित ‘म्यूजिकखबर दीर्घ साधना सम्मान–२०८२’ प्रदान गरिएको थियो।
त्यस्तै उन्नती शीला बोहरालाई ‘शब्द शीला विशिष्ट सम्मान’, विजय शिवाकोटीलाई ‘रजत संगीत सम्मान’, शिव परियार र कालिका रोका मगरलाई ‘दशक संगीत सम्मान’, पुरुषोत्तम सानु र सुशिला पौडेललाई ‘युवा संगीत सम्मान’, पुष्पा खनाललाई ‘डायस्पोरा संगीत सम्मान’, पत्रकार कुवेर गिरी र गोपीकृष्ण चापागाईंलाई ‘संगीत पत्रकारिता सम्मान’, बालकलाकार युनिश घिमिरेलाई ‘बालप्रतिभा सम्मान’, गायिका नीता आचार्यलाई ‘डायस्पोरा गायन सम्मान’, डा. रणजित झालाई ‘संगीतकर्मी सम्मान’ तथा उदयराज शर्मालाई ‘सञ्चारकर्मी सम्मान’ प्रदान गरिएको थियो।
सुगम गायक – प्रविन बेडवाल (हृदयमा)
सुगम गायिका – सारिका घिमिरे (गुन भुल्यौ)
सुगम गीतकार – डम्बर याक्सो (मुस्कान छैन आज)
सुगम संगीतकार – शंकर थापा ‘स्माइल’ (मेरा सुरहरू)
उत्कृष्ट महिला गीतकार – सरला श्रेष्ठ (दुखें धेरै दुख्न पुग्यो)
डायस्पोरा गीतकार – मनोज खड्का (तेजस्वी अप्सरा)
संगीत संयोजक – नरेन्द्र वियोगी (रात किन हुन्छ हजुर)
सुगम भिडियो मोडल (महिला) – झरना रिसाल (तिमी आँखा म नानी)
सुगम भिडियो मोडल (पुरुष) – सुरेश कोह्ली (मेरो जिन्दगीको)
छायाकार – अजय रेग्मी (नमस्ते ढोगदियाँ)
सम्पादक – पदम सुवेदी (भागौंला त्रिशुली तरेर)
निर्देशक – राहुल शाह (आगो लाइदिन्छु)
ध्वनि सम्पादन – नरेश बीबीसी (ओइ नक्कले)
युगल गायन – कर्णराज गिरी र कमला रेग्मी (हो नि हो)
राष्ट्रिय भाव गीत – सुरेन्द्र खड्का (हाम्रो देश)
पप गीतकार – धनबीर थापा मगर (बादलपारी)
पप संगीतकार – अर्जुन पोखरेल (ओइ नक्कले)
पप गायक – रविन श्रेष्ठ (प्रिय जिन्दगी)
पप गायिका – आश्रा कुँवर (इतिहास)
चलचित्र पार्श्वगायक – सुरज पण्डित (च्यातिएको चोली – लाज शरणम्)
चलचित्र पार्श्वगायिका – झुमा लिम्बु (फकाउँछ काफ्ले – ऊनको स्वीटर)
चलचित्र संगीतकार – थानेश्वर गौतम (रात किन हुन्छ हजुर – एन्जिला)
चलचित्र गीतकार – युवराज काफ्ले (फकाउँछ काफ्ले – ऊनको स्वीटर)
लोकदोहोरी गायक – अर्जुन सापकोटा (दुःख साटम्ला)
लोकदोहोरी गायिका – लक्ष्मी आचार्य (नौली हदेली)
लोकभाका – नवीन परियार (जाम भो हिंड रेलैमा सलल)
लोक शब्द – प्रसाद लामिछाने (सरर)
लोक भिडियो मोडल – पल शाह र नारायणी खत्री (करिमैले)
लोक निर्देशक – दीप गुरुङ (तिम्रै माया लाउँछ नि)
लोक नवप्रतिभा – रेखा पोख्रेल (देखाउनलाई होइन नि माया) र मनोहर शर्मा (तिम्रो मनमा कुन छ)
कल्चरल गायिका – सुशीला गौतम (गुल्मी चन्द्रकोट)
जुरी अवार्ड (गीतकार) – कल्याण श्रेष्ठ (यादहरू दुखिरहन्छ)
जुरी अवार्ड (राष्ट्रिय भाव) – पारसमणि बराल (राजनीति भनेको त)
क्रिटिक्स अवार्ड (पप गायन) – सुनिल उप्रेती (सागरझैं गहिरो)
जुरी अवार्ड (आधुनिक गीतकार) – केशव भट्टराई (धमिलियो आकाश आज)
जुरी अवार्ड (गायक) – छिरिङ भुटिया (पहाडी बाटो)
जुरी अवार्ड (संगीतकार) – बीबी अनुरागी (फूलको आफ्नै कथा छ)
कार्यक्रममा टीका प्रसाईं, पल शाह, नारायणी खत्री, देवान खनाल, धिरज राई, युनिश घिमिरेलगायत कलाकारहरूको सांगीतिक प्रस्तुति पनि आकर्षणको केन्द्र बनेको थियो।
#filmyfanda #nepaliMusic #paul-shaha-warded #musickhabar-music-award