हरिवंश र प्रकाश सपुतपछि ‘हरिबहादुरको जुत्ता’मा शीर्ष अभिनेत्रीमा स्वस्तिमा अनुबन्धित

फिल्मी फण्डा। फिल्म ‘हरिबहादुरको जुत्ता’को शीर्ष अभिनेत्रीमा स्वस्तिमा खड्का अनुबन्धित भएकी छिन् । शुक्रबार निर्माता र खड्काबीच लिखित सहमति भएको हो ।

हरिवंश आचार्यको चर्चित पात्र हरिबहादुरमाथि आधारित रहेर निर्माण हुन लागेको यो फिल्मलाई दीपेन्द्र के खनालले निर्देशन गर्दैछन् । यसअघि यस फिल्ममा हरिवंश र प्रकाश सपुत फाइनल  भैसकेका छन् ।

फिल्मको सहायक भूमिकामा प्रियंका कार्की पनि जोडिएकी छन् । बाँकी कलाकार आइतबारदेखि तय गर्ने निर्माताको योजना छ । एसएम मोसन पिक्चर्स प्रालिको ब्यानरमा फिल्म निर्माण हुन लागेको हो ।

फिल्ममा पटकथा र संवाद हरिवंशको छ । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech