ओस्कार अवार्डका लागि भारतबाट ट्‍वेल्थ फेल मुख्य दाबेदार 

 फिल्मी फण्डा।  विधुविनोद चोपडा निर्देशित उक्त फिल्मसहित हिना खानको ‘कन्ट्री अफ ब्लाइन्ड’ र मलयालम स्टार तथा निर्माता टोभिनो थोमसको फिल्म ‘२०१८’ पनि ओस्कार अवार्डका लागि दाबेदार रहेका २६५ फिल्ममा परेका छन् ।

अहिले ओस्कारका लागि २६५ फिल्मको दौडमा भारतका तीन फिल्म ‘ट्‍वेल्थ फेल’, ‘कन्ट्री अफ ब्लाइन्ड’ र ‘२०१८’ ले आफ्नो बलियो स्थान बनाएका छन् । यी २६५ फिल्मको सूची द हलिउड रिपोर्टरले सार्वजनिक गरेको छ ।

आगामी साता ओस्कारको मनोनयन सार्वजनिक हुनेछ । जसका लागि भारतीय फिल्मले पनि इन्ट्री गरेका छन् । ओस्कारको सर्वश्रेष्ठ फिल्म विधामा यसपटक ‘ओपेनहाइमर’, ‘बार्बी’ र ‘किलर्स अफ द फ्लावर मुन’ जस्ता बलिया हलिउड फिल्म मनोनित हुने सम्भावना छ । किनभने यी फिल्मले गोल्डेन ग्लोब्स र क्रिटिक्स च्वाइसजस्ता अवार्डमा सफलता प्राप्त गरिसकेका छन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech