निर्देशक दिनेश राउतको फिल्म ‘पुजार सार्की’को वर्कशपमा व्यस्त छन आर्यन, प्रदीप र पल

फिल्मी फण्डा । निर्देशक दिनेश राउतले फिल्म ‘पुजार सार्की’को वर्कशप सुरु गरेका छन्। फिल्मको छायांकन अगाडि वर्कशप सुरु भएको हो । 

फिल्मको वर्कशपमा मुख्य तीन नायकहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह जोडिएका छन् । यस्तै, फिल्मका मुख्य दुई नायिकाहरू अन्जना बराइली र परीक्षा लिम्बु पनि वर्कशपमा सहभागी भएका छन् । 

पुजार र सार्कीको कथामा निर्माण हुने फिल्मलाई विकास सुवेदीले लेखेका हुन् । 

फिल्मलाई सुभाष भुसालले निर्माण गर्दैछन् । दर्शकले यसपटक आर्यन र प्रदीपलाई यो फिल्ममा विशेष गेटअपमा देख्न पाउनेछन् । पल शाहको पनि फिल्ममा  महत्वपूर्ण भूमिका रहेको वुझिएको छ । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech