नायकद्धय आर्यन सिग्देल र दयाहाङ राई फाइनल भएको फिल्म ‘गाउँ नै रमाइलो’ मा अब मिरुना पनि 

फिल्मी फण्डा । हिमाल कडरियाको निर्माण रहने फिल्म ‘गाउँ नै रमाइलो’ मा नायिका मिरुना मगर अनुबन्धित  भएकी छिन । नायिका मिरुना मगरसँग फिल्मका लागि कागजी सम्झौता भएको छ ।

यसअघि फिल्मका लागि नायकद्धय आर्यन सिग्देल र दयाहाङ राई फाइनल भएका थिए । मिरुना कसको जोडीमा देखिन लागेकी हुन् भन्ने खुलेको छैन । फिल्ममा बुद्धि तामाङ पनि रहनेछन् । फिल्मका अन्य केही लिड कलाकार फाइनल गर्न बाँकी रहेको बताइएको छ ।

दिनेश राउतले निर्देशन गर्ने फिल्म नयाँ वर्षको दशैंमा रिलिज हुनेछ । क्लक वार्क क्रियशनको ब्यानरमा निर्माण हुन लागेको यो फिल्मले गाउँको रोचक कथालाई प्रस्तुत गर्नेछ । 

फिल्म ‘गाउँ नै रमाइलो’ लाई नेपालमा आरआर फिल्मस्ले वितरण गर्नेछ । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech