स्वस्तिमाले आफ्नै मुख्य भूमिका र लगानीमा फिल्म ‘बेहुली फ्रम मेघौली’ बनाउँदै  

फिल्मी फण्डा । नायिका स्वस्तिमा खड्काले फिल्म ‘बेहुली फ्रम मेघौली’ निर्माण गर्ने भएकी छिन । अभिनेत्री स्वस्तिमा खड्का आफै फिल्मको मुख्य भूमिकामा पनि देखिनेछिन । फिल्म  ब्ल्याक हर्स पिक्चर र मेघौली फिल्मस्को संयुक्त निर्माणमा फिल्म बन्न लागेको हो । ब्ल्याक हर्स पिक्चर अभिनेत्री स्वस्तिमा खड्काको पतिको कम्पनी हो ।

लेखकको रुपमा स्थापित आकाश बराल र सजन काफ्लेले मिलेर निर्देशन गर्ने फिल्मको छायांकन आगामी चैतबाट सुरु हुनेछ । यतिबेला निर्देशक र कलाकारसहितको टिम लोकेशन हन्टिङका लागि चितवनको मेघौलीमा छ ।  फिल्ममा निश्चल बस्नेतको समेत अभिनय रहनेछ । 

फिल्म निर्देशकद्वय बराल र काफ्लेले लेखेका हुन् । दुवैले यहि फिल्मबाट निर्देशनमा डेब्यू गर्न लागेका हुन् । फिल्मको अन्य कलाकार अहिले सार्वजनिक गरिएको छैन ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech