फिल्मी फण्डा । बबिना भटराईको स्वर र संगीत रहेको स्टुडियो भर्सनको ‘माझी बनेर आयौ’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा शब्द सुनिता प्रसाईँको रहेको छ भने संगीत संयोजन साहस शाक्यले गरेका छन् ।
नकुल कार्कीले रेकर्डिङ गरेको गीतलाई प्रकाश खरेलले मिक्सिङ मास्टरिङ गरेका हुन् । भिडियोलाई जस्केलो कृयसनले निर्माण गरेको हो । भिडियो बबिनाकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।