फिल्मी फण्डा। अभिनेता दयाहाङ राई र अभिनेत्री रिस्मा गुरुङको मुख्य भूमिका रहेको फिल्म ‘रिमै’मा मुख्य भूमिकाको लागि अभिनेता सौगात मल्ल पनि जोडिएका छन् ।
दयाहाङ, रिस्मा र सौगातले एकसाथ फिल्म ‘कबड्डी’को दोस्रो सिक्वेल ‘कबड्डी कबड्डी’ काम गरेका थिए । खिल बहादुर गुरुङको निर्देशन रहने फिल्म सिनेमा गोरखा सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् प्रालिको ब्यानरले निर्माण हुन लागेको हो । फिल्ममा विरबल घलेको समेत मुख्य भूमिका रहनेछ ।
उपेन्द्र सुब्बाको पटकथा लेखक रहेको फिल्मको कार्यकारी निर्मातामा टिका गुरुङ(युके), प्रकाश गुरुङ.(युके), जित यात्री गुरुङ (नर्वे) तथा सचि कुमारी घले रहेका छन् भने दुन बहादुर घले, हेमा गुरुङ तथा विजय लामा सह–निर्माता हुन् ।