फिल्मी फण्डा । नायिका तथा निर्देशक झरना थापाले नयाँ फिल्म घोषणा गरेकी छिन् । स्वर्गीय शिव रेग्मी निर्देशित ‘ए मेरो हजुर’ को दोस्रो सिक्वेलबाट झरनाले निर्देशन थालेकी हुन् ।
पाँचौं श्रृंखलालाई पनि उनले नै निर्देशन गर्नेछिन् । फिल्ममा उनकै छोरी तथा अभिनेत्री सुहाना थापा मुख्य भूमिकामा प्रस्तुत हुने चर्चा छ ।