फिल्मी फण्डा। प्रभास अभिनित ‘सलार’ले भारतको घरेलु बक्स अफिसमा ४ सय करोड भारतीय रुपैयाँ कमाइ गरेको छ ।
स्याकनिल्कका अनुसार चलचित्रले ११ औँ दिनमा १५.५ करोड भारु कमाएको छ । योसँगै चलचित्रले भारतमा मात्र कूल ३६०.७७ करोड भारु कमाएको छ ।
विश्वभर चलचित्रले ६३५ करोड भारु कमाएको होमेबल फिल्मसले कमाएको छ । सलार बाहुबलीले विश्वभर कमाएको ६५० करोडको रेकर्डभन्दा मात्र २५ करोड भारु टाढा रहेको छ । सलारले विजयको लियोको ६०५ करोड भारुको रेकर्ड उछिनिसकेको छ ।
चलचित्रलाई जवानले बनाएको ११ सय करोड भारुको रेकर्ड तोड्न भने कठिन हुने देखिएको छ । जवानले पहिलो हप्तामा नै ३८९.८८ करोड भारु कमाएको थियो भने सलारले ३०८ करोड भार कमाएको थियो । चलचित्रले ९०.७ करोड रुपैयाँ कमाउँदै जवानले बनाएको पहिलो दिनको कमाइको रेकर्ड भने तोडेको थियो ।