‘महाजात्रा’को पोस्टर सार्वजनिक,हरिवंश ‘भिलेन’ रुपमा

फिल्मी फण्डा । षट्कोण आर्ट्सले आगामी फिल्म ‘महाजात्रा’को पोस्टर सार्वजनिक गरेको छ । पोस्टरमा फिल्मका प्रमुख तीन कलाकार रविन्द्रसिंह बानियाँ, विपिन कार्की र रविन्द्र झासहित हरिवंश आचार्यलाई पनि चित्रण गरिएको छ ।

फिल्ममा हरिवंश भिलेनको भूमिकामा देखिएका छन् । उनलाई ह्वीलचेयरमा डोरीले बाँधेर राखेको देख्न सकिन्छ । फस्टलुक पोस्टरले ‘जात्रा’को तेस्रो श्रृंखलाबारे दर्शकीय मनोविज्ञान निर्माण गर्छ । ‘जात्रा’ र ‘जात्रैजात्रा’को व्यावसायिक सफलतापछि ‘महाजात्रा’ बनेको हो ।

 पैसा कमाउन सहरको मध्यमवर्गले गर्ने संघर्षको कथा पेश गर्ने यो फिल्मलाई प्रदीप भट्टराईले लेखन तथा निर्देशन गरेका हुन् ।फिल्ममा वर्षा राउत, राजाराम पौडेल, शिशिर बाङ्देल, दिव्यदेव, गौमाया गुरुङ, सुमन कार्कीको पनि अभिनय छ । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech