फिल्मी फण्डा। आगामी माघ १९ गतेबाट रिलिज हुने फिल्म ‘नम्बरी सुन’को नयाँ गीत ‘तिमी बर म पीपल’ सार्वजनिक भएको छ । प्रताप दास र अनु चौधरीको स्वर रहेको गीतमा अर्जुन पोखरेलको शब्द र संगीत छ । गीतमा आदेश गुर्माचनको एरेन्ज, नरेश बिबिसीको मिक्सिङ र मास्टरिङ छ ।
रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा फिल्मका कलाकार गौरव पहारी र नम्रता सापकोटाको अभिनय छ । फिल्ममा गौरव र नम्रताका अलावा सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, विनोद न्यौपाने, किरण नेपाली, राजेन्द्र खड्गी, सबिन बास्तोला, गीता अधिकारी, नारायण खाती, अस्मिता बस्नेत र राजेन्द्र गिरीको अभिनय छ ।
राजु गिरीको निर्देशन रहेको फिल्ममा शिवम् अधिकारीको कथा र पटकथा, दिव्य सुवेदीको छायांकन, गौतम राज खड्काको सम्पादन रहेको छ ।