गायकद्वय सत्यराज आचार्य र स्वरूपराज आचार्यको दुई गीत सार्वजनिक

फिल्मी फण्डा। गायकद्वय सत्यराज आचार्य र स्वरूपराज आचार्यको गीत आज सार्वजनिक गरिएको छ । एक पत्रकार सम्मेलनमा उनीहरूको गीत सार्वजनिक गरिएको हो ।


 गायक सत्यराज आचार्यले चलिरहेको शैलीभन्दा पनि सङ्गीतको माधुर्यतालाई बुझेर गीत तयार गरिएको जानकारी दिए । यो गीत हेर्दै गर्दा पक्कै केही भिन्नता अञ्जु पन्तले स्वर दिएर सघाएकी छन् ।

अर्को ‘माया’ बोलको गीतमा स्वरूपराज आचार्य र अनु चौधरीलको स्वर रहेको छ । गायक आचार्यले सिधैँ रेकर्डिङ स्टुडियो छिरेर गीतमा स्वर दिने परम्परा बढेकाले पुराना गीत झैँ मिठास हराएको बताए ।


सार्वजनिक गरिएको दुई गीतमा पदम लोहारले शब्द रचना गर्नुका साथै श्रव्यदृश्यमा अभिनय पनि गरेका छन् । चलचित्र गीतझैँ निर्माण गरिएको श्रव्यदृश्यले दर्शकलाई निराश नबनाउने निर्देशक कविराज गहतराजले बताए । 

पत्रकार सम्मेलनमा सङ्गीतकार शम्भुजित बाँस्कोटा, राजन इसान, गायक शिलाबहादुर मोक्तान, सचिन रौनियार, गायिका प्राश्ना शाक्य, निर्देशक आशिफ शाह लगायतका व्यक्तित्वको उपस्थिति रहेको थियो ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech