छक्का पन्जा ४ ट्रेलर : समसामयिक राजनीति देखि रोमान्ससम्म

फिल्मी फण्डा । फाल्गुन १९ बाट प्रदर्शन हुने फिल्म 'छक्का पन्जा ४' को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर हेर्दा छक्का पन्जा ४ पनि समसामयिक राजनीतिक विषयवस्तुमा निर्माण भएको देख्न सकिन्छ ।

ट्रेलरमा राजा बनेका दीपक र पत्रकार बनेकी बेनिशा हमालको रोमान्टिक दृश्यहरु पनि समावेश छन् । यता दीपा श्री निरौला यसपटक भने दीपकको श्रीमतीको भूमिकामा देखिएकी छन् ।

कलाकारहरुको अनुहार देखाउने सुरमा ट्रेलर आकर्षक बन्न भने सकेको छैन । व्यागराउण्ड म्युजिक पनि फिक्का लाग्छन् ।

हेम राज बिसी निर्देशित फिल्ममा निर शाह, दीपा श्री निरौला, केदार प्रसाद घिमिरे, बुद्धि तामाङ, अनुराग कुँवर, निर्मल शर्मा, मलिना जोशी, राज आचार्य लगायतका थुप्रै कलाकारको अभिनय रहेको छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech