गायक प्रमोद खरेलले नयाँ गजल गीत ‘घर नभाको मान्छे’ ल्याए

फिल्मी फण्डा– गायक प्रमोद खरेलले नयाँ गजल गीत ‘घर नभाको मान्छे’ ल्याएका छन् । गीतमा राजु अर्यालको शब्द तथा संगीत छ । गीत गायनमा प्रमोदलाई गायिका रिता केसीको स्वरमा साथ दिएकी छन् । यो गजलले घर नभाको एक प्रेमीको कथा बोलेको छ । भिडियोमा राजु अर्याल र मोडल उषा उप्रेतीको अभिनय देख्न सकिन्छ ।

उषासँगको प्रेममा आएको उतारचढाव भएपछि विरक्त लाग्दो जिन्दगीमा राजु गीत गाउँदै हिँडेको भिडियोमा देखाइएको छ ।महेश पौडेलको निर्देशनमा तयार भएको भिडियोमा गोपाल रायको छायाङ्कन, कृष्ण भण्डारीको सम्पादन छ । भिडियो  उमा भट्टराईले निर्माण गरेकी हुन् । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech