प्रदीपले गरे ‘एक्टर’को घोषणा

फिल्मी फण्डा । । ‘प्रेमगीत ३’ र ‘प्रकाश’ पछि केही समय फिल्मबाट बाहिर रहेका अभिनेता प्रदीप खड्का पछिल्लो समय एकपछि अर्को फिल्म घोषणा गरिरहेका छन् ।केही अगाडि ‘ऐरी’ फिल्म अभिनय गर्न लागेको सार्वजनिक गरेका प्रदीपले फेरि नयाँ फिल्म घोषणा गरेका छन् । उनले अहिले घोषणा गरेको नयाँ फिल्मको नाम ‘एक्टर’ रहेको छ । राजन भुषालको निर्देशन रहने फिल्म अर्धृत फिल्मसको ब्यानरमा बन्न लागेको हो । बदलाको कथामा भनिएकोे फिल्म प्रदर्शन २०२५ मा हुने उल्लेख छ ।

केही दिन अगाडि रातोपाटीसँगको अन्तरवार्तामा यो वर्ष ४/ ५ फिल्म अभिनय गर्ने बताएका प्रदीप एकपछि अर्को फिल्म घोषणा गरिरहेका छन् । प्रदीप केही दिन अगाडि मात्र दिनेश राउतको निर्देशन रहने ‘पूजार सार्की’मा पनि अनुबन्धित भएका थिए ।फिल्म ‘एक्टर’को घोषणा गरेपनि प्रदीपले छायांकन, अन्य कलाकार र प्राविधिक पक्ष भने सार्वजनिक गरेका छैनन् । ‘एक्टर’को कथा एकदमै राम्रो लागेकोले आफू जोडिएको उनले बताए । ‘फिल्मको अहिले प्रि–प्रोडक्सन कार्य भइरहेकोले छिट्टै पुरै टिम सार्वजनिक हुनेछ’ उनले थपे । 

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech