५० वर्षपछि रिमेकमा आयो ‘म त खाँदिन कुवाको पानी’

काठमाडौँ । वरिष्ठ लोकगायिका तीर्थ कुमारी थापाको स्वर रहेको सदावहार नेपाली लोकगीत ‘म त खाँदिन कुवाको पानी’ रिमेकमा पनि निर्माण भएको छ । वरुण जंग राणाद्वारा संकलित यो गीत पहिलो पटक रेकर्ड भएको ५० वर्षपछि रिमेकमा रेकर्ड भएको हो। गायिका तीर्थ कुमारी थापाको स्वर तथा संगीतकर्मी सुरज कुमार थापाको पुनः संगीत संयोजनमा पुरानै गीत, संगीत, शब्द र भावलाई उही रुपमा रिमेक तयार गरिएको हो ।

गीतको म्युजिक भिडियो ‘कार्या प्रोडक्सन’ टीमको तर्फबाट तयार पारिएको छ । जसका निश्चल श्रेष्ठको छायाँकन, बिजु कर्माचार्यको सम्पादन तथा निर्देशन छ ।  

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech