फिल्मी फण्डा । एक समयको हिट गीत ‘बलेको आगो जलेको प्रेम...’का गायक राजीव लोहनीको नयाँ गीत ‘लप्सी फेदीमा’ सार्वजनिक भएको छ ।मन्दिरा ढुङ्गेलको शब्द रहेको गीतमा राजीवलाई गायनमा अस्मिता अधिकारीले साथ दिएकी छन् । राजीवकै सङ्गीत रहेको गीतमा प्रिन्स नेपालीको एरेन्ज छ ।
भिडियोमा अभिनेत्री श्रद्धा क्षेत्री र गायक राजीवको अभिनय छ । सुब्रतराज आचार्यको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायांकन र टेकेन्द्र शाहको सम्पादन छ । गायक राजीवका ‘बलेको आगो जलेको प्रेम...’, ‘फूल रोज्दा काँडा पाएँ’ , ‘खुसी आउँछ उमङ्ग लिएर’, ‘रेटियो मुटु’ जस्ता गीतहरू बाहिर आएका छन् ।