सासुको इन्गेजमेन्टमा प्रीयंकाको 'ह्याप्पिनेस'

फिल्मी फण्डा    अभिनेत्री प्रियंका कार्की आफ्नो दोस्रो विवाहमा निक्कै खुसि देखिन्छिन् । आयुष्मान देशाराज जोशी संगको केहि वर्षीय प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेपछि उनको अहिले एक छोरी 'आयंका' छिन् । 

प्रीयंकाको सासु रवीना देशाराज जोशी श्रीमानसंग छुट्टिएर बसेको लामो समयपछि अहिले प्रेममा छिन् । भ्यालेण्टाइनको अवसरमा आफ्नो प्रेमी स्टुअर च्यापम्यानसंग इन्गेजमेन्ट गरेकी छन् । यो तस्बिरलाई अभिनेत्री प्रियंका कार्कीले सेयर गर्दै खुसि व्यक्त समेत गरेकी छन् । 

यो देख्दा प्रियंका जत्ति खुसि र प्रियंकाको सासु रवीना भन्दा भाग्यमानी अरु कोहि हुन सक्ला र भन्ने देखिन्छ । नेपाली समाजले स्विकार्न नखोज्ने महिलाको दोस्रो विवाह, त्यो माथि हजुरआमा भैसकेकी एक महिलाको अर्का पुरुषसंगको प्रेमलाई परिवारले यस्तो भव्य स्वागत गर्नु भन्दा ठुलो के हुन सल्का ?

आमाको प्रेममा अभिनेता आयुष्मान पनि निक्कै खुसि छन् । तर, उनले भने प्रियंकाले जसरी सामाजिक संजालमा आमा र आमाको प्रेमीलाई बधाई दिएका भने छैनन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech