फिल्मी फण्डा । बलिउड फिल्म 'एनिमल'ले सेन्सर बोर्डबाट एडल्ट प्रमाणपत्र पाएको छ। एडल्ट प्रमाणपत्र पाएको फिल्मलाइ १६ वर्ष मुनिका बालबालिकाहरुले हेर्न पाउने छैनन्।
नेपालमा एडल्ट प्रमाणपत्र दिए पनि केही हलका संचालकहरुले १६ वर्ष मुनिका बालबालिकाहरुलाई पनि टिकट बेच्ने गरेको पाइन्छ। ३ घण्टा लामो फिल्म ‘एनिमल’ भित्र सेक्स्युल र भ्वाएलेन्स दृश्यहरु थुप्रै समाबेश छन्। फिल्म भित्र ‘घाटी रेटेको’ दृश्य छ ।
चलचित्र विकास बोर्डले सोमवार साँझ नयाँ बानेश्वरस्थित वन सिनेमामा अनुगमन गर्दा एडल्ट चलचित्रको प्रमाणपत्र पाएको हिन्दी फिल्म ‘एनिमल’को टिकट १६ वर्ष मुनिका बालबालिकाहरुलाई बिक्री गरेको भेटेको छ । हलमा बालबालिका भेटिएपछि हल व्यवस्थापनलाई टिकट फिर्ता गर्न लगाइएको छ ।