फिल्मी फण्डा । गायिका अस्मिता अधिकारी र गायक बुद्ध लामाको स्वर रहेको गीत ‘परेलीमा लुकाई राखन’ सार्वजनिक भएको छ । प्रेमिल शैलीको गीतमा विष्णुबाबु देवकोटाको शब्द, टिका दाहालको संगीत छ ।गीतको संगीत संयोजन राहुल प्रधानले गरेका हुन् ।अस्ट्रेलियाको विभिन्न रमणीय स्थानमा छायाङ्कन भएको भिडियोमा दीपक परियार र बबिशा पाण्डेको प्रेम र रोमान्स देख्न सकिन्छ । भिडियोमा सञ्जय सेन्चुरीको छायाङ्कन, सम्पादन र निर्देशन छ ।