आठ करोडको हाराहारीमा कमाइ गर्दै ‘परदेशी २’ ले मनायो ५१ दिन 

फिल्मी फण्डा । फिल्म ‘परदेशी २’ ले शनिबार प्रदर्शनको ५१ दिन पूरा गरेको छ । राजधानी र मोफसलका केही हलमा अहिले पनि फिल्म प्रदर्शन भइरहेको छ ।

५१ दिनको खुसी सेलिब्रेसन गर्न आयोजित समारोहमा कलाकारहरु प्रकाश सपुत, केकी अधिकारी, निर्माता वंशल लगायत सहभागी रहे । निर्देशक रायमाझी भने फिल्म चलाउन अमेरिका दौडाहामा छन् ।

फिल्मले यो मितिसम्म आठ करोड रुपैयाँ हाराहारीमा कमाइ गरेको निर्माता टिमले बताएको छ । तर  आधिकारिक हिसाब आउन भने बाँकी छ । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech