साउथ फिल्म ‘हिटम्यान’को पोस्टरमा देखिएकी आँचल टिजरमा भने अटाइनन्

फिल्मी फण्डा । इन्डो नेपाली फिल्म ‘हिटम्यान’को पोस्टर र टिजर रिलिज गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमबीच रिलिज गरिएको फिल्मको पोष्टरमा अभिनेत्री आँचल शर्मा पनि अटाएकी छन् । टिजरमा भने उनी देखिएकी छैनन् ।


फिल्ममा आँचल शर्मा, विष्णु अधिकारी, प्रशान्त ताम्राकार लगायतको मुख्य भुमिका छ । फिल्म नेपाल र भारतको अलवा ओटिटी प्लेटफर्म अमेजन प्राइम भिडियोमा समेत रिलिज हुनेछ । फिल्मले नेपाल र भारतका दर्शकलाई जोड्ने विश्वास गरिएको छ ।

फिल्मका निर्देशक अभिनेता विष्णु अधिकारी हुन् ।  दीपक अधिकारी निर्माता रहेको फिल्ममा साउथका चर्चित सङ्गीतकार मन्त्र आनन्द, सम्पादक बि नागेश्वर रेडीले पनि सहकार्य गरेका छन् । फिल्म आउदो फेब्रुअरीमा रिलिज हुनेछ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech