दयाहाङ र रिस्मा रिमै’मा जोडी बाँध्दै

फिल्मी फण्डा ।  हिट फिल्म ‘कबड्डी’ अभिनयपछि चर्चामा रहेकी अभिनेत्री रिस्मा गुरुङ पुन: एक पटक फेरि अभिनेता दयाहाङको जोडीको रूपमा देखिने भएकी छन् । उनी दयाहाङको जोडीको रूपमा फिल्म ‘रिमै’मा देखिने भएकी हुन् ।गोरख सिरानचोक एन्ड लिगलिग कोट फिल्मस् प्रालिको व्यानरमा बन्ने फिल्म खिल बहादुर गुरुङले निर्देशन गर्न लागेका हुन् ।

फिल्ममा दयाहाङ र रिस्माका अलावा विरबल घलेको पनि मुख्य भूमिका रहनेछ ।उपेन्द्र सुब्बाको पटकथा लेखन रहने फिल्म गुरुङ र अभिनेता घलेले लेखेका हुन् । फिल्मको छायाङ्कन चैत्रबाट सुरु हुने बताइएको छ । फिल्मको वितरण आरआर फिल्मस्ले गर्दैछ ।

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech