फिल्म 'प्रेमा'को टिजर सार्वजनिक

फिल्मी फण्डा ।  गोविन्द सिंह भण्डारीको निर्देशनमा बनेको फिल्म 'प्रेमा'को टिजर सार्वजनिक भएको छ । त्रिकोणात्मक प्रेम कथामा निर्माण भएको फिल्मको टिजरमा नायक अरुण छेत्री चुलबुले क्यारेक्टरमा देखिएका छन् भने नायिका सुभेक्षा खड्का सोजी र सृष्टि श्रेष्ठ बोल्ड देखिएकी छन् । 

टिजर हेरेपछि सिनेमामा फरकपन पाउने आशा गर्न सकिन्छ । सुन्दर ढंगले प्रस्तुत गरिएको यो टिजर आकर्षक बनेको छ । निर्देशक गोविन्द सिंह र बिबेक घिमिरेको लगानी रहेको फिल्मलाई महेश पौडेलले खिचेका हुन् । 

बगठाटा फिल्म फ्याक्ट्रीको व्यानरमा निर्माण हुने फिल्मलाई कृष्ण भण्डारीले सम्पादन र कलर गरेका हुन् । चैत्र १७ बाट प्रदर्शनमा आउने फिल्ममा बिमला के.सी, हिउवाला गौतम, पुरण जोशी, सबिन बास्तोला लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech