फिल्म बुलाकीको टिजर आउट

फिल्मी  फण्डा  अभिनेत्री सुरक्षा पन्त र अभिनेता नरेन खड्काको अभिनय रहेको सिनेमा 'बुलाकी'को टिजर सार्वजनिक भएको छ । बैशाख १ गतेबाट प्रदर्शनमा आउने सिनेमाको टिजरमा कर्णालीको महिलाको बच्चा नजन्मिदा भोग्नुपर्ने पिडा देखाइएको छ । टिजर निकै आकर्षक बनेको छ । 

लक्ष्मण सुनारले निर्देशन गरेको सिनेमामा सुरक्षा र नरेन संगै अभिनेत्री लक्ष्मी गिरी, बिराज बिस्ट, सरस्वति खत्री, प्रकाश कंडेल, शुसिल पोखरेलको पनि अभिनय रहेको छ । 

राज बहादुर सानेले तयार पारेको कथालाई राज संगै लक्ष्मण सुनार, बिराज बिस्ट र निर्मल पौडेलले पटकथा तयार पारेका हुन् । शिव ढकालको छायांकन, अर्जुन जीसी र लक्ष्मण सुनारको सम्पादन रहेको 'बुलाकी'मा त्रिनेत्रम र एफ़डि कम्पनीले वितरण गर्ने भएको छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech