इजरायलविरोधी पोस्टका कारण शोबाट हटाइएकी हलिउड अभिनेत्रीले भनिन्– ‘म चुप लाग्दिनँ’

फिल्मी फण्डा–अमेरिकी टिभी शृङ्खला ‘स्क्रिम’ मा अभिनय गरेकी अभिनेत्री मेलिसा बरेरालाई इजरायल विरोधी बयान गरेको भन्दै सिरिजको सातौँ संस्करणबाट बर्खास्त गरिएको छ । यसबारे मेक्सिकोकी यी अभिनेत्रीले आफ्नो मौनता तोड्दै भनिन्, ‘चुप बस्नु कुनै विकल्प होइन ।’बरेराले आफ्नो सामाजिक सञ्जालमा इजरायल र हमास बिचको हालैको तनावको बारेमा पोस्ट गरेकी थिइन् । जसमा उनले गाजामा ’नरसंहार’ रोकिनुपर्ने र इजरायलले गाजालाई हिरासत केन्द्रको रूपमा प्रयोग गर्न बन्द गर्नुपर्ने बताएकी थिइन् । उनको भनाइलाई शृङ्खला बनाउने स्टुडियोले 'यहुदी विरोधी' भनेको छ ।

यस विषयमा आफ्नो मौनता तोड्दै बरेराले सामाजिक सञ्जाल पोस्टमा लेखेकी छिन्, ‘सबैभन्दा पहिले म सेमिटिजम् र इस्लामोफोबियाको निन्दा गर्छु। म कुनै पनि समूहको विरुद्धमा हुने कुनै पनि प्रकारको घृणा र पूर्वाग्रहको निन्दा गर्छु।’

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech