चलचित्र ‘सतीदेवी’ को फर्स्टलुक पोस्टर सार्वजनिक

फिल्मी फण्डा। लेखक तथा निर्देशक लक्ष्मण सुवेदीको चलचित्र ‘सतीदेवी’ को फर्स्टलुक  सार्वजनिक भएको छ। चलचित्र ‘सतीदेवी’को फर्स्टलुक पोस्टरमा केन्द्रीय भूमिकामा रहेको अभिनेत्री मलिका महत फिचर्ड छिन् । 

सार्वजनिक पोस्टरमा मल्लिका महतलाई जुत्ताको माला लगाउनुको साथै कालोमोसो पोतिएको छ। 

चलचित्रमा महतको अलावा रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी सृजना अधिकारी, मनीषा सापकोटा, सुजिता शिवाकोटी,तुलसी श्रेष्ठ,इश्वरी सिंह,संदेश लिम्बु,पवन केसी,जगदीश अधिकारी लगायतको अभिनय रहेको छ । दिलासा र साराको प्रस्तुती रहेको फिल्मको निर्माताका श्रीदेवी,दिलासा र सारा सुवेदी छ्न ।

दिलाशा क्रियसन तथा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण भएको चलचित्रमा निर्देशक सुवेदीकै कथा, पटकथा, संवाद रहेको छ । बाबु श्रेष्ठले छायांकन गरेको चलचित्रमा दीपक शर्मा र सुवास भुसालको संगीत छ, भने रामजी लामिछानेको कोरियोग्राफी छ । काठमाडौँ र लमजुङको विभिन्न स्थानमा छायाङ्कन भएको चलचित्रको हाल पोस्ट प्रोडक्सनको कार्य अन्तिम चरणमा छ। 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech