सेन्सर बोर्डलाई बालेनको पत्र (सुझावसहित)

फिल्मी फण्डा । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले चारबुँदे सुझावसहित फिल्म सेन्सर बोर्डलाई पत्र लेखेका छन् ।

मेयर साहले केन्द्रीय चलचित्र जाँच समितिका अध्यक्षलाई पठाइएको पत्रमा पञ्चशील सिद्धान्त, शान्ति प्रवर्द्धन, एक राष्ट्रले अर्को राष्ट्रको बारेमा नराम्रो चलचित्र बनाएको प्रसारणमा रोक लगाउन पनि आग्रह गरेका छन् । साथै जातजाति, वर्ण, समुदाय, लिंग तथा शारीरिक, मानसिक रुपमा फरक क्षमता भएका व्यक्तिको स्वाभिमानमा आँच आउने दृश्य तथा संवादमा रोक लगाउने समेत  माग राखेका छन् ।

Kathmandu-Mero-Letter.jpg

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech