पाँचौँ ‘ज्योति फिल्मस् म्युजिक अवार्ड २०८०’ दुबईमा आयोजना हुने

फिल्मी फण्डा । पाँचौँ ‘ज्योति फिल्मस् म्युजिक अवार्ड २०८०’ दुबईमा आयोजना हुने भएको छ । आगामी पुस १ गते आयोजना हुने कार्यक्रममा नेपालबाट थुप्रै सेलिब्रटीको सहभागिता रहनेछ ।रोयल मुभिज प्रालिको प्रस्तुतिमा विगत ४ वर्षदेखि नेपालमा नियमित आयोजना हुँदै आएको अवार्ड यो पटक दुबईमा हुन लागेको हो ।आयोजकले अवार्डमा ३३ बिधा समेटेको छ । जसको उत्कृष्ट ५ मनोनयन सूची समेत सार्वजनिक भैसकेको छ ।

यो पटक अवार्डबाट भएको आम्दानी जाजरकोट र रुकुमका भुकम्प पिडितलाई सहयोग गरिने आयोजकले जनाउको छ ।दुबईको याक एण्ड यति ग्राण्ड एस्टोरिया होटल बरदुवईमा आयोजना हुने अवार्डमा झन्डै ३० जना कलाकार सहभागी हुने आयोजक निरेन श्रेष्ठले बताए । अवार्डको संयोजकमा राजेन्द्र पुरी रहेका छन् । भण्डारी, बिएन नारायण बहादुर र केशव राना रहेका छन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech