भूकम्प पीडितका लागि गायक शिव परियारले गरे ५० हजार सहयोग

फिल्मी फण्डा।  गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा पीडितका गायक शिव परियारले  ५० हजार रुपैयाँ सहयोग गरेका छन् ।  उनले क्यानडास्थित नेपाली संस्था नेप्लिज क्यानेडियन कम्युनिटी सर्भिस (एनसीसीएस) को अभियानमार्फत सहयोग रकम हस्तान्तरण गरेको छन् ।

 ‘भूकम्पबाट ठूलो जनधनको क्षति व्यहोरिरहनुभएका दाजुभाइ-दिदीबहिनीको पीडामा थोरै भए पनि मल्हम लगाउन सकुँ भन्ने उद्देश्यले जाजरकोट थातथलो भएर हाल क्यानडामा रहनुभएका कर्ण बटालाज्यू आवद्ध संस्थाको अभियानमा मैले पनि सहयोग रकम हस्तान्तरण गरेको हुँ,’ गायक परियारले भने ।’

भूकम्प पीडितहरुका लागि विभिन्न व्यक्ति र संघसंस्थाले समेत राहत संकलन तथा वितरण गरिरहेका छन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech