शोभितको कटाक्ष : दुईदिन दर्शक तान्न नसक्ने कलाकारले १ लाख ८० हजार लिए हुन्छ

फिल्मी फण्डा । निर्देशक तथा निर्माता शोभित बस्नेतले पुनः नेपाली कलाकारमाथि कटाक्ष गरेका छन् । २ दिन दर्शक तान्न नसक्ने कलाकारको पारिश्रमिक १ लाख ८० हजार हुनुपर्ने बताउँदै उनले महंगो पारिश्रमिक लिने कलाकार माथि कटाक्ष गरेका हुन् ।

उनले नेपालमा २ दिन दर्शक तान्न सक्ने कलाकारको रुपमा अनमोल केसी, प्रदीप खड्का र पूजा शर्मा मात्र रहेको बताएका छन् । मिडियासँगको कुराकानीमा शोभितले भने–‘पक्कै पनि बिषयवस्तुले नै हो दर्शक हलसम्म तान्ने, तर रिलिज भएको बिहानै दर्शकलाई बिषयवस्तु के हो भनेर कसरी थाहा हुन्छ ? यसैले, २ दिन हलमा दर्शक स्टारले तान्नुपर्छ ।

आइतबारदेखि भने बिषयवस्तुले नै दर्शकलाई हलसम्म तान्छ । अहिले दर्शक तान्न सक्ने कलाकार भनेको अनमोल केसी, प्रदीप खड्का र पूजा शर्मा मात्र हुन् । २ दिन पनि हलमा एक शो भर्न नसक्ने कलाकारले अब १८ लाख होइन, १ लाख ८० हजार पारिश्रमिक लिए हुन्छ ।’

बस्नेतले यश अघि नायिका साम्राज्ञि आर एल शाह माथि पारिश्रमिकको बिषयमा यस्तै टिप्पणी गरेका थिए । तर शोभितले यो कटाक्ष कुनै एक जनाप्रति लक्षित नगरेको स्पष्टीकरण दिएका छन् ।

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech