फिल्मी फण्डा । यतिबेला फिल्ममा हाइ डिमाण्ड भएकी अभिनेत्री उपासना सिंह ठकुरीले पनि म्युजिक भिडियोमा डेब्यु गरिन् । तर, उनको डेब्यु उत्साहजनक हुन सकेन ।
नम्बर वानको दौडमा रहेकी उपासनाको पछिल्लो फिल्म 'डिसेम्बर फल्स' पनि फ्लप भयो । 'डिसेम्बर फल्स' फ्लप भएपछी खेलेको म्युजिक भिडियो पनि फ्लप ।
उनले म्युजिक भिडियोको लागि चर्को पारिश्रमिक मागेकै कारण उनलाई अहिले सम्म भिडियोमा लिने हिम्मत कुनै निर्देशकले गरेनन् । हिम्मत गरेका हरि हुमागाईंको यो प्रयास असफल भयो भन्दा फरक नपर्ला ।
अभिनेता अभिनेत्रीहरुले फिल्मको काम नहुँदा म्युजिक भिडियोलाई आम्दानिको श्रोत बनाएका छन् । तर, केहिले भने म्युजिक भिडियो खेल्न इन्कार गर्छन् । उनीहरुको चर्को पारिश्रमिक डिमाण्डले पनि उनीहरुलाई लिनै सक्दैनन् निर्माता निर्देशक ।
अभिनेत्री रेखा थापाले एउटा भिडियोको लागि १० लाख सम्म माग्ने गरेको बुझिएको छ । यस्तै उपासनाले पनि आफ्नो पारिश्रमिक पाँच लाख तोकेर बसेकी थिईन् । 'बिजुली' बोलको गीतमा निर्देशक हुमागाईंले उपासनालाई कसरी फकाए त्यो भने थाहा छैन ।
यो भिडियोमा उपासनाले मोडल निराजन प्रधानसंग स्क्रीन सेयर गरेकी छन् । ५ दिनमा यो भिडियोले जम्मा ५२ हजार मात्र भ्युज पाएको छ ।