फिल्मी फण्डा– इयन स्कट क्लेमेन्ट निर्देशित दोस्रो फिल्म ‘बासेन्जी’ असोज २६ बाट प्रदर्शनमा आउने भएको छ । ‘साइकोलोजिकल थ्रिलर’ बिषयमा निर्माण भएको फिल्म भिडियो गेम खेलेको जस्तो तरिकाले निर्माण भएको छ ।
गौरीशङ्कर इन्टरटेनमेन्टका सुरज मैनाली र गौरव बस्नेतले निर्माण गरेको फिल्ममा असिम निरौला, सुप्रिम राई, मिथिला शर्मा, सरिता गिरी लगायतको अभिनय छ ।
फिल्ममा प्रथम पुरुष वा तृतीय पुरुष दृष्टिकोणमा हेर्न सकिन्छ, जुन आजसम्म भिडियो गेमहरूमा मात्र देख्न पाइन्थ्यो । यस्तो क्यामराको कोण प्रयोग भएका कारण दर्शकले कथाको प्रमुख पात्र ‘प्रवेश’ लाई छोड्नै पाउँदैनन् ।